भोट माग्न आउनेलाई सडक अवरुद्ध गरेर खबरदारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भोट माग्न आउनेलाई सडक अवरुद्ध गरेर खबरदारी


१४ कार्तिक २०७९, सोमबार


काठमाडौँ । कात्तिक, २०७६ मा प्रदेशसभा उपनिर्वाचन हुँदा क्षेत्र नम्बर १ प्रदेश (क)मा मुख्य मुद्दा बन्यो, कमल विनायक-नगरकोट सडक खण्ड । 

नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको घरबेटी समेत रहेका शारदाप्रसाद अधिकारीको कम्पनी ‘शैलुङ कन्स्ट्रक्सन’ले यो खण्ड करिब ८ वर्षदेखि अलपत्र पारेर राखेपछि यो सडक पटक-पटक भोट माग्ने अस्त्र मात्रै बन्न पुगेको छ ।

निर्माण सक्न ८ पटकसम्म म्याद थपिएको यो सडकको लागत २८ करोडबाट बढेर ६६ करोड रुपैयाँ पुगिसक्यो । तर, सडक तत्कालै बन्ने छाँटकाँट छैन । आजित भएका जनाले सोमबार बाटोमै माटो थुपारेर सडकखण्ड नै अवरुद्ध पारे ।

पटक-पटकको चुनावी मुद्दा बनिसकेको सडक यो पटकको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पनि उम्मेदवारको प्रमुख एजेण्डा बन्ने देखिएको छ । सडक बनाउन पहल नगरी आश्वासन  मात्रै बाँड्न नेताहरू घरदैलोमा आउन थालेपछि स्थानीयवासीले सडक नै अवरुद्ध गरेर खबरदारी गर्न थालेका हुन् ।

उनीहरूले यस्तो आन्दोलन गरेको पहिलो पटक भने होइन । २८, कात्तिक २०७८मा यो सडकको अनुगमनमा पुग्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव सवार गाडीलाई स्थानीयले सडकमै घेरा हालेर रोकेका थिए । गाडी रोक्दा पनि मन्त्री यादवले २ महिनाभित्र काम नसके ठेकेदारसँग सम्झौता तोडिने बताएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस