यात्रु अलपत्र परेको निगमले माग्यो माफी  « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

यात्रु अलपत्र परेको निगमले माग्यो माफी 


१४ कार्तिक २०७९, सोमबार


नेपाल वायुसेवा निगम

काठमाडौँ । नेपाल वायुसेवा निगमले यात्रुहरूलाई गन्तव्यमा पुर्‍याउन नसकेकोमा माफी मागेको छ । निगमको आइतबारको काठमाडौँ-दिल्ली-काठमाडौँको उडान नम्बर आरए-२१७-२१८ र सोमबार उडान नम्बर आरए २०५-२०६ को उडान रद्द हुँदा यात्रुहरू त्रिभुवन विमानस्थलमा अलपत्र परेका थिए ।

निगमले सोमबार विज्ञप्ति जारी गर्दै विशेष कारणले उडान रद्द हुँदा यात्रुलाई असुविधा भएको भन्दै क्षमा मागेको हो ।

साथै निगमले आगामी दिनमा यस्तो नहोस् भनी सचेत रहने समेत प्रतिबद्धता जनाएको छ ।

निगमका प्रवक्ता अर्चना खड्काले जारी गरेको विज्ञप्तिमा यात्रुहरूलाई वैकल्पिक व्यवस्थाबाट उडान व्यवस्थापन गरिने समेत उल्लेख गरिएको छ ।

नागरिक उड्डयन प्राधिकरणले तोकेको नयाँ उडान तालिका अनुसार उडान सञ्चालन नगरेको भन्दै वायुसेवा निगमको आइतबार र सोमबारको काठमाडौँ-दिल्ली-काठमाडौँ उडान रद्द गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस