सडक बिनाको विकास सम्भव छैन, हरेक गाउँमा सडक सञ्जालको निर्माण गर्छु : बस्नेत « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सडक बिनाको विकास सम्भव छैन, हरेक गाउँमा सडक सञ्जालको निर्माण गर्छु : बस्नेत


१३ कार्तिक २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सडक बिनाको विकास सम्भव नहुने बताएका छन् । गाउँ क्षेत्रमा विकास गर्न सबैभन्दा पहिला सडक विस्तार गर्न आवश्यक रहेको उनले बताए ।

सिन्धुपाल्चोक-काठमाडौँ सम्पर्क समितिले आज आयोजना गरेको संयुक्त निर्वाचन परिचालन समितिको भेलामा पूर्वमन्त्री बस्नेतले विकासका काममा सहरभन्दा गाउँ केन्द्रित गर्नुपर्नेमा जोड दिए । उनले आगामी दिनमा जिल्लाका हरेक गाउँमा सडक सञ्जालको निर्माण गर्न लागिपर्ने बताए ।

विगतमा सिन्धुपाल्चोकमा आफूले आपतविपद्का समयमा गरेको सहयोगको स्मरण गर्दै पूर्वमन्त्री बस्नेतले आगामी दिनमा अझ प्रभावकारी ढङ्गले जनताको सेवा गर्ने प्रतिबद्धता जनाए ।

नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज माधव सापकोटाले देशमा आर्थिक समृद्धि गर्नुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस