बीज एयरले गौतमबुद्ध विमानस्थलमा तत्काल उडान नगर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बीज एयरले गौतमबुद्ध विमानस्थलमा तत्काल उडान नगर्ने


१३ कार्तिक २०७९, आइतबार


काठमाडौँ । बीज एयरलाइन्सले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तत्काल उडान नगर्ने भएको छ । विजले थप एक महिना उडान गर्न नसक्ने जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दिएको छ ।

यसअघि ३० अक्टोबर २०२२ देखि उडान गर्ने भन्दै बीज एयरले टिकेटिङ र मार्केटिङको अनुमति पाएको थियो । तर, उसले पूर्वनिर्धारित तालिकाअनुसार उडान गरेन ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार विजले एक महिना थप समय मागेको छ । विजले भैरहवा विमानस्थलको सेफ्टी एसिसमेन्ट गरिसकेको र त्यसको रिपोर्ट नआएको बताएको भुलले बताए । 

अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतबाट जजिरा एयरलाइन्सले मात्रै उडान गरिरहेको छ । प्राधिकरणले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २-२ वटा अन्तर्राष्ट्रिय उडान भैरहवाबाट गर्न बाध्यकारी व्यवस्था गरेको छ ।

यस्तो उडान नगरेमा त्रिभुवन विमानस्थलबाट उडान गर्न नदिने निर्णयअनुसार आइतबार नेपाल एयरलाइन्सको दिल्ली उडान रोकिदिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस