काठमाडौँ । काँग्रेस नेता डा. शशाङ्क कोइराला चुनावी अभियानका क्रममा बिरामी परेका छन्। आइतबार नवलपरासीको अमरापुरीमा भएको चुनावी कार्यक्रममा उनी बेहोस भएका हुन्।
उनी मंसिर ४ गते हुने चुनावका लागि नवलपरासी पूर्व-१ बाट गठबन्धनका उम्मेदवार छन्। बेहोस भएपछि उनलाई चितवनस्थित पुरानो मेडिकल कलेजमा भर्ना गरिएको छ।
कोइरालाको स्वास्थ्य अवस्था सुधार उन्मुख छ। उनको होस फिरेको छ।