विजय गच्छदारलाई टिकट दिएकामा ग्लानि छैन : जीवन परियार « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

विजय गच्छदारलाई टिकट दिएकामा ग्लानि छैन : जीवन परियार


१३ कार्तिक २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले विजयकुमार गच्छदारलाई टिकट दिएकामा कुनै ग्लानि नरहेको बताएका छन् ।

नेकपा एमाले नेतृत्वको सरकारले प्रतिशोध साँध्नमात्र गच्छदारमाथि भ्रष्ट्राचार मुद्दा लगाएको भन्दै परियारले अदालतले निर्दोष साबित गर्न सक्ने बताए ।

बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन भौतिक पूर्वाधारमन्त्री गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतले गच्छदारलाई धरौटीमा छाडेको थियो ।

सहमहामन्त्री परियारले नेता गच्छदारले बालुवाटार जग्गा प्रकरणमा मन्त्रिपरिषदमा प्रस्ताव पेस मात्र गरेकाले निर्दोष रहेको दाबी गरे ।

गच्छदारमाथि विशेष अदालतमा मुद्दा विचाराधीन भए पनि दोषी प्रमाणित नभएको भन्दै सहमहामन्त्री परियारले उनलाई अदालतले निर्दोष ठहर गर्न सक्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस