२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मंसिर ४ गते गठबन्धनलाई जरैदेखि उखेलेर फल्छौँ अनि एमालेको सरकार बन्छ : महेश बस्नेत 

अ+ अ-

काठमाडौँ । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं.२ प्रतिनिधिसभाको एमालेको उम्मेदवार महेश बस्नेतले वर्तमान गठबन्धन सरकारले मुलुक र विकासको होलीडे मनाएको भन्दै आक्रोश पोखेका छन्।

नेकपा एमाले सूर्यविनायक नगरकमिटी वडा नं. ५ ले आज आयोजना गरेको बृहत् कार्यकर्ता भेला तथा उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै नेता बस्नेतले दिगो विकासको लागि केपी ओली नेतृत्वको सरकारले मुलुकलाई विकासन्मुख राष्ट्रको रूपमा स्थापित गराएको स्मरण गराए। ओली नेतृत्वको सरकारले मुलुकलाई छिट्टै विकसित बनाउने अभियान चलाएता पनि वर्तमान गठबन्धन सरकारले विकासको बिदा मनाइरहेको दाबी गरे। जनचाहनालाई लत्त्याउँदै विकासको बजेट कटौती गरी विकासलाई रोक्ने गठबन्धन सरकारलाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा जनताले जनमत नदिएर सधैँको लागि बिदा गर्ने दाबी गरे। मंसिर ४ पछि एमालेको नेतृत्वमा सरकार बन्ने उल्लेख गर्दै उनले उक्त सरकारले पुनः विकास र समृद्धिको लहर पैदा गर्ने उनको दाबी छ।

उनले भने, ‘केपी ओली नेतृत्वको सरकारले साना तथा ठुलो र राष्ट्रिय गौरवका आयोजनाहरू व्यापक मात्रामा चाहेको थियो। विभिन्न प्रकारका भौतिक पूर्वाधार निर्माणका कार्यक्रमहरूले जताततै लहर नै छाएको थियो। तर गठबन्धन सरकार आएसँगै जनताले विकासको कुनै पनि योजना देख्न पाएको छैन। अघिल्लो कार्तिक तथा मंसिरमा जताततै विकासका कार्यहरू भएका थिए। उद्घाटन र शिलान्यासमय मुलुक बनेको थियो। तर यो सरकार आएसँगै चाल आयोजनाहरू रोकिएका छन्, जनताले विकास देख्न पाएका छैनन्। विकास र मुलुकमा नै होलीडे बनेको छ। सरकारलाई विकासको त क्यान्सर नै लागेको छ। आगामी मंसिर ४ गते गठबन्धनलाई जरैदेखि उखेलेर फाल्नुपर्छ। त्यस पछि एमालेको सरकार बन्ने छ। जसले विकास प्रति जनताको तीव्र चाहनालाई पुरा गर्नेछ।’

निर्वाचनमा एमालेको प्रतिस्पर्धी कुनै पनि पार्टी नभएको उल्लेख गर्दै उनले एमालेले चुनाव लड्नको लागि नभई जीतको औपचारिक घोषणाको लागि मात्र मंसिर ४ गते पर्खिएको उल्लेख गरे। एमाले नेतृत्वको सरकारको पालामा राष्ट्रियताको सवालमा विश्वलाई नेपालको शिर उचो बनाएको स्मरण गराउँदै उनले ओली नेतृत्वको सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको चुच्चे नक्सालाई अहिलेको सरकारले बुच्चे बनाएको आरोप लगाए।  वर्तमान सरकारले एमसीसी, एसपीपी, राष्ट्रघाती नागरिकता विधायक ल्याई मुलुकलाई सयौँ वर्ष पछि धकेल्ने मात्र नभई शक्ति राष्ट्रहरूको खेलमैदानको रूपमा लैजान खोजेको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा राष्ट्रघातीलाई चोट तथा राष्ट्रवादी एमालेलाई जनताले भोट दिनुपर्नेमा जोड दिए।  

प्रतिक्रिया दिनुहोस