भारत । समाजवादी पार्टीका वरिष्ठ नेता तथा रामपुरका विधायक आजम खानको विधान सभा सदस्यता खारेज गरिएको छ ।
सभामुखको कार्यालयबाट जारी विज्ञप्तिमा सो जानकारी दिइएको हो ।
सन् २०१९ लोकसभा चुनावको समयमा, आजम खानलाई घृणायुक्त भाषण सम्बन्धी मुद्दामा तीन वर्षको सजाय सुनाइएको थियो। उनलाई २ हजार रुपैयाँ जरिवाना समेत गरिएको छ ।
सजाय सुनाएको एक दिनपछि उनको सभासद् सदस्यता खारेज भएको छ । सन् २०१३ मा सर्वोच्च अदालतले कुनै विधायक, व्यवस्थापिकाको सदस्य वा सांसदलाई फौजदारी मुद्दामा दुई वर्षभन्दा बढी जेल सजाय भएमा निजको सदनको सदस्यता तत्काल खारेज हुने फैसला गरेको थियो ।
आजम खानले २०१९ मा रामपुर लोकसभा सीट जितेका थिए तर २०२२ मा विधान सभा चुनाव जितेर सो सिट छोडेका थिए। सीतापुर जेलमा रहँदा नै आजम खानले रामपुर विधान सभा सिट जितेका थिए ।