चीनबाट मालवाहक कन्टेनर सिधै काठमाडौँ ल्याउने तयारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चीनबाट मालवाहक कन्टेनर सिधै काठमाडौँ ल्याउने तयारी


११ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । मित्रराष्ट्र चीनको व्यापारिक सहरबाट उत्तरीमार्ग तातोपानी र रसुवा हुँदै मालवाहक कन्टेनर सिधै काठमाडौँ ल्याउने तयारी गरिएको छ।

चीन स्वशासित क्षेत्र तिब्बतमा भर्खरै स्थापना भएको आडो लजिस्टिक कम्पनीले चिनियाँ सामान सिधै काठमाडौँ ल्याउने योजना बनाएको हो। 

नेपालका लागि सामान क्यारिङ गर्ने १५ चिनियाँ कम्पनी तिब्बत र सीमा क्षेत्रमा क्रियाशील छन्। कतिपय पुराना क्यारिङ  र कस्टम क्लियरेन्स कम्पनीले पालो मिलाउने नाममा कन्टेनरबाट तीन लाखसम्म अवैध रकम असुलेर नेपाली व्यापारीलाई दुःख दिने गरेका छन्। 

सिँगात्से, केरुङ र न्यालम क्षेत्रका पार्किङमा रोकिएका कन्टेनरसँग महँगो पार्किङ शुल्क लिने गरिएको छ। १५ दिनभित्र काठमाडौँ आइपुग्नुपर्ने सामान तिब्बत क्षेत्रमा महिनौँ अड्किँदा नेपाली व्यापारीले नोक्सानी बेहोरिरहेका छन्। 

उत्तरी नाकाबाट व्यापार गर्ने नेपाली लगानीकर्ताको पिरमर्कालाई मध्यनजर गरेर आडो लजिस्टिकले व्यापारिक सहर ग्वान्झाओ, इयु र फुजियानबाट सामान हालेर सिधै काठमाडौँ ल्याउने तयारी गरेको कम्पनीका मालिक चिनियाँ नागरिक सोनाम पाल्डेनले जानकारी दिए। 

Tags :
प्रतिक्रिया दिनुहोस