गगन थापालाई  पुनः आयोगले सोध्यो स्पष्टीकरण « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

गगन थापालाई  पुनः आयोगले सोध्यो स्पष्टीकरण


११ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । निर्वाचन आयोगले नेपाली काँग्रेसका काठमाडौँ-४ का उम्मेदवार गगन थापालाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ ।

आयोगले पहिलो पटक सोधेको स्पष्टीकरणका बारेमा थापाले सार्वजनिक कार्यक्रममार्फत दिएको जवाफलाई लिएर पुनः स्पष्टीकरण माग गरिएको आयोगका एक अधिकारीले बताए ।

गत हप्ता ‘निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा लिएर तपाईँहरूको टोलमा आउँदैछौँ’ भनी सामाजिक सञ्जालमा सूचना राखेको विषयमा थापालाई आयोगले स्पष्टीकरण सोधेको थियो । तर थापाले सो विषयलाई लिएर एक सार्वजनिक कार्यक्रममार्फत ‘यस्तो गल्ती बारम्बार गर्छु’ भनी अभिव्यक्ति दिएको भन्दै आयोगले पुनस् स्पष्टीकरण सोधेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस