काठमाडौँ । कैलालीमा एक जना किशोरको नदीमा डुबेर मृत्यु भएको छ।
शुक्रबार धनगढी उपमहानगरपालिका-१ सन्तोषी टोलका अन्दाजी १६ वर्षीय आर्यन लामाको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनी धनगढीबाट मछली नदी नजिकै गोदावरी नगरपालिका पिकनिक गएका थिए। उनीसहित १२ जनाको टोली पिकनिक गएका थिए।
दिउँसो २ बजेतिर उक्त नदीमा पौडी खेल्ने क्रममा उनी बेपत्ता भएको प्रहरीले जनाएको छ। खोजतलास गर्दा साढे ३ बजे आर्यन मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।