आतङ्ककारी हमलामा परी तेह्र जनाको मृत्यु « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

आतङ्ककारी हमलामा परी तेह्र जनाको मृत्यु


१० कार्तिक २०७९, बिहिबार


काठमाडौँ । इरानको दक्षिणी सिराज सहरमा भएको आतङ्ककारी हमलामा परी कम्तीमा १३ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । बुधबार सो सहरमा अवस्थित साचेराग नामक एक धार्मिकस्थलमा सो हमला भएको थियो ।

इरानी गृह मन्त्रालयले आतङ्ककारी हमलामा परेर १३ जनाको ज्यान गएको र अरू २१ जना घाइते भएका जनाएको छ । आतङ्ककारीहरुले शक्तिशाली आक्रमण गरेकाले घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेलाई उपचारार्थ अस्पताल राखिएको छ ।

आतङ्ककारी हमलामा परी मारिनेमा एकजना महिला र अरू दुई बालबालिका पनि परेका छन् । सो धार्मिकस्थलमा रहेका सुरक्षाकर्मीलाई लक्ष्य गरेर हमला गरिएको बताइएको छ । मारिनेमा उनीहरू नै बढी परेका पनि समाचारमा जनाइएको छ । आक्रमणमा तीन जना हमलाकारी रहेका पाइएको छ । तीमध्ये एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रहरीले यसको अनुसन्धान थालेको छ । प्रारम्भिक अनुसन्धानबाट यस हमलामा यहाँको ताकफिरी नामको आतङ्ककारी समूह संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस