महिला क्रिकेटरलाई पनि पुरुष खेलाडीकै सरह म्याच फी दिइने « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

महिला क्रिकेटरलाई पनि पुरुष खेलाडीकै सरह म्याच फी दिइने


१० कार्तिक २०७९, बिहिबार


काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले महिला क्रिकेटरलाई पनि पुरुष खेलाडीकै सरह म्याच फी दिने भएको छ ।

(बीसीसीआई)का सचिव जय साहले ट्वीट गर्दै अब महिला क्रिकेटरलाई पनि पुरुष खेलाडीकै सरह म्याच फी दिने घोषणा गरेका हुन् ।

‘मलाई यो घोषणा गर्दै गर्दा खुसी लागेको छ कि बीसीसीआईले भेदभाव अन्त्यका लागि पहिलो कदम उठाएको छ,’ उनले ट्वीट गरेका छन्, ‘हामीले बीसीसीआईसँग अनुबन्ध क्रिकेटर्सका लागि पे-इक्विटी पोलिसी  लागू गरेका छौँ, महिला तथा पुरुष दुवै क्रिकेटर्सको लागि म्याच फी बराबर हुने छ ।’

भारतीय पुरुष खेलाडीले एउटा टेष्ट म्याचको १५ लाख, एक दिवसीय खेलको ६ लाख र टी(२० म्याचको ३ लाख भारतीय रुपैयाँ म्याच फी पाउँदै आएका छन् । अब महिला क्रिकेटरले पनि सोही अनुसार पाउने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस