काठमाडौँ । आईसीसी टी-२० विश्व कप क्रिकेटमा न्युजिल्यान्ड र अफगानिस्तानबीचको खेल रद्द भएको छ ।
मेलबर्न क्रिकेट मैदानमा भारी वर्षाका कारण यी दुईबीचको खेल रद्द भएको हो । खेल रद्द भएसँगै दुवै टोलीले एक-एक अङ्क बाँडेका छन् ।
योसँगै समूह ‘१’ मा रहेको न्युजिल्यान्ड दुई खेलमा तीन अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । उति नै खेल खेलेको अफगानिस्तान एक अङ्कसहित पुछारमा छ ।
यसअघि आजै भएको पहिलो खेल वर्षाले प्रभावित भएपछि डकवर्थ लुइस नियमका आधारमा आयरल्यान्डले इङ्ग्लयान्डलाई पाँच रनले हराएको थियो ।