२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेशसभा सदस्यबाट राजीनामा दिएका पाण्डे फेरि एमालेमा फर्किए

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका निवर्तमान सदस्य एवं कपिलवस्तुका काँग्रेसका नेता दृगनारायण पाण्डे नेकपा एमाले प्रवेश गरेका छन् ।

२०७४ को चुनावमा एमालेबाटै प्रदेश सभा सदस्यमा निर्वाचित भई प्रदेश सभाको सामाजिक विकास समिति सभापति रहेका उनी दुई वर्षअघि काँग्रेस प्रवेश गरेर राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।

लुम्बिनीमा शङ्कर पोखरेल नेतृत्वको सरकारलाई बहुमत आवश्यक परेका बेला पाण्डेले राजीनामा दिएका थिए । त्यतिबेला नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रसहितको गठबन्धनलाई सहयोग पुग्ने गरी राजीनामा दिएपछि उनलाई नेपाली काँग्रेसले राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको थियो । उनले राजीनामा दिएपछि पोखरेललाई मुख्यमन्त्रीमा आवश्यक बहुमत पुगेको थिएन ।

यसपटक प्रतिनिधिसभामा टिकटका आकाङ्क्षी उनी टिकट नपाएपछि असन्तुष्ट थिए । पाण्डेले सोमबार एक विज्ञप्ति जारी गर्दै विगतमा आफू आबद्ध पार्टीमै फर्किएको उल्लेख गरेका छन् । देश, जनता र आफ्नो निकासका लागि एमालेबाटै हुने देखेर आफू एमालेमा समाहित भएको उनको विज्ञप्तिमा उल्लेख छ ।

उनीसँगै नेपाली काँग्रेस जिल्ला सदस्य बलराम पाण्डे, महाराजगंज नगर उपसभापति,रामचन्द्र यादव, नगर उपसचिव विजय प्रकाश गुप्ता, क्षेत्रीय प्रतिनिधि कैलाश गुप्ता, केतार यादव लगायत नेताहरू पनि काँग्रेस परित्याग गरी आफूसँगै एमालेमा प्रवेश गर्ने निर्णय गरेको पाण्डेले जानकारी दिए ।

आफ्नो प्रवेशले कपिलवस्तु-२ मा प्रतिनिधि सभा सदस्यका एमाले उम्मेदवार बृजेश गुप्तालाई सहज हुने पाण्डेको भनाइ छ । काँग्रेसले सुरेन्द्र आचार्यलाई टिकट दिएपछि पाण्डे रुष्ट भएका थिए ।

प्रतिक्रिया दिनुहोस