२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लक्ष्मीपूजामा जतिसक्दो बढी बिजुली खपत गरौँ : कुलमान घिसिङ

अ+ अ-

काठमाडौँ । आज लक्ष्मीपूजा, बेलुकी झिलिमिली बनाउन अधिकांश घरमा फूल बत्ती सजाइँदै छ । नेपाल विद्युत् प्राधिकरण भने ‘उज्यालो’को पर्व भएकाले आज कुनैपनि हालतमा कुनै क्षेत्रमा पनि बत्ती नजाओस् व्यवस्था गर्न विभिन्न कामको चटारोमा व्यस्त छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण विभाग प्रमुख मनोज सिलवालसहितको टोली दिउँसैदेखि काठमाडौँका विभिन्न सबस्टेसन र वितरण केन्द्र पुगेर बिजुलीको विश्वसनीय आपूर्तिको व्यवस्थाका लागि गरिएका कामको निरीक्षण गरिरहेको छ।

यही अवसरमा नेपाल विद्युत् प्राधिकरणले जतिसक्दो बढी विद्युत् खपत गर्न आग्रह गरेको छ । आन्तरिक रूपमा नै उत्पादन भएको बिजुली आज लक्ष्मीपूजाकै दिन पनि ४ सय मेगावाट भारत निर्यात गर्नुपरेको भन्दै कार्यकारी निर्देशक घिसिङले अझ करिब ५ सय मेगावाट बिजुली खेर जाने अवस्था रहेको बताए ।

सबै व्यवस्थापकीय काम सकेर कतै पनि समस्या नआउने गरी तयारी गरिएको कार्यकारी निर्देशक घिसिङले बताए । उनका अनुसार सबैजसो जलविद्युत् गृह, सबस्टेसन, प्रसारण लाइन तथा ट्रान्सफर्मरको अवस्था जाँच र मर्मत सम्भार भएको छ ।

कुनै स्थानमा समस्या आउने बित्तिकै सम्बन्धित स्थल पुगेर मर्मत गर्न नो-लाइटको टिमहरू तयारी अवस्थामा राखिएको छ ।

सबैभन्दा बढी विद्युतको माग काठमाडौँ उपत्यकामा हुन्छ । आज उद्योगहरूमा बिजुलीको खासै माग नहुने भएकाले स्वदेशी बिजुलीले नै तिहार मनाउन पर्याप्त हुने घिसिङले बताए ।

स्युचाटार, बालाजु, बानेश्वर, लैनचौर, टेकु, पाटन, सिंहदरवार, चाबहिल, चपली, मातातीर्थ, बनेपा र पाँचखाल लगायतका सबस्टेसनलाई चुस्त अवस्थामा राखिएको घिसिङले बताए ।

विगतका वर्षमा जस्तै यो वर्ष पनि प्राधिकरणको घिसिङसहित उच्च अधिकारीहरूको टोली स्युचाटारको भारप्रेषण केन्द्रमा बसेर आपूर्ति व्यवस्थाको निरीक्षण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस