९ लाख १२ हजारसहित जुवा खेल्ने ६२ जना पक्राउ, ९ जना विरुद्ध मुद्दा दर्ता « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

९ लाख १२ हजारसहित जुवा खेल्ने ६२ जना पक्राउ, ९ जना विरुद्ध मुद्दा दर्ता


७ कार्तिक २०७९, सोमबार


काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँका विभिन्न स्थानमा जुवातास तथा कौडा खेल्ने ६२ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँका विभिन्न स्थानमा जुवातास खेलेको अभियोगमा ९ लाख १२ हजार ८० नगदसहित ६२ लाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकामध्ये ९ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ।

प्रहरीले जुवा खेल्नेबाट छ लाख २७ हजार दुई सय ७० नगद र १३ बुक तास तथा कौडा खेल्नेसँग दुई लाख ८४ हजार सात सय नगद र १६ थान कौडा बरामद गरेको छ।

प्रहरीले तिहारको समयमा ठुलो हारजित हुने गरी जुवातास खेलेको थाहा पाएमा प्रहरीलाई खबर गर्नसमेत आग्रह गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस