म कहिल्यै ‘मालिक’जस्तो बन्नेछैन : प्रदीप पौडेल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

म कहिल्यै ‘मालिक’जस्तो बन्नेछैन : प्रदीप पौडेल


६ कार्तिक २०७९, आइतबार


काठमाडौँ । काँग्रेसका युवा नेता प्रदीप पौडेलले आफूले पाएको जति अवसर आफ्ना मतदातालाई दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्।  

आइतबार आफ्नो निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नं ५ को प्रदेश सभा ‘ख’ मा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता पौडेलले सो कुरा बताएका हुन्। 

मतदाताहरूले आफूहरूलाई बिना कुनै सर्तमा खाली कागजमा हस्ताक्षर गरेर दिएको विश्वसलाई कहिल्यै कुठाराघात नगर्ने समेत बताए। 

कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले आफू निर्वाचन जितेमा कहिल्यै मालिक जस्तो नबन्ने प्रतिबद्धता व्यक्त गरे। आफूलाई पार्टीले अघि बढाएको विभिन्न कालखण्डको स्मरण गर्दै पार्टीमा सहयोग गर्ने साथीहरूलाई कहिल्यै भावनामा चोट पुग्ने काम नगर्ने बताए। 

आफूसँग जनताको पक्षमा काम गर्ने जोस र हुटहुटी रहेको बताउँदै उनले अब पार्टी र देशको नेतृत्व गर्न चाहेको बताए। नेता पौडेलले आफूले जिते पछि जितेपछिको व्यवहारमा कहिल्यै पनि फरक नबनाउने प्रतिबद्धता व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस