२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा हवाई सुरक्षा बढाइँदै, एप्लिकेसनदेखि क्यामेरासम्मको प्रयोग हुने 

अ+ अ-

काठमाडौँ । नेपालको हवाई सुरक्षा बढाउन हाइटेन्सन लाइन तथा तार हेर्न एप्लिकेसनको प्रयोग गरिने भएको छ । यस्तो सुविधा हेलिकप्टर उडानमा प्रयोग हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार नेपालमा हेलिकप्टरको उडानमा विद्युतीय तारबारले जोखिम निम्त्याउने गरेको छ ।

बढी जोखिमपूर्ण मानिने डाँडाहरूमा क्यामेरा जडानको काम समेत धमाधम भइरहेको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनका अनुसार यसले उडानपूर्व त्यस क्षेत्रको अवस्था पत्ता लगाउन सहयोग गर्नेछ । खासगरी इनरुटको मौसमी अवस्था थाहा नहुँदा उडान हुने र पुग्ने गन्तव्यको मौसम राम्रो भएको अवस्थामा अहिले उडानको अनुमति दिने गरिएको छ । प्राधिकरणका अनुसार राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा अहिले यस्तो काम भइरहेको छ ।

अर्कोतर्फ मौसमी अवस्था थाहा पाउन माइक्रो टावरको अवधारणा समेत भित्राउने तयारी छ । यसले मौसमी सूचना सही हुने प्राधिकरणको अपेक्षा छ । नेपाललाई अन्तर्राष्ट्रिय नियामक निकायहरूले खासगरी दुर्गम भेगमा हुने दुर्घटना न्यूनीकरणमा काम गर्न सुझाव दिइरहेका छन् । यी सुझाव कार्यान्वयन गर्न समेत प्राधिकरणले हवाई सुरक्षाका लागि चाहिने पूर्वाधारमा काम गरिरहेको बताएको छ ।

प्राधिकरणका अनुसार आन्तरिक उडानका हरेक उडान अगाडि अनिवार्य जोखिम मूल्याङ्कन गर्नुपर्ने नियम समेत कार्यान्वयनमा ल्याइएको छ । यो नियम संसारमा अनिवार्य नभए पनि नेपालमा गरिएको महानिर्देशक अधिकारीले बताए । यसबाट समेत हवाई सुरक्षा बढाउन सहयोग पुग्ने उनको भनाइ छ । अन्तर्राष्ट्रिय निकायले समथर भूगोलमा हुने र नेपालजस्तो भूगोल भएको आकाशलाई एकै स्थानमा राखेर मूल्याङ्कन गर्ने गरेको भन्दै नेपालले भने यस्तो मूल्याङ्कन फरक फरक हुनुपर्ने तर्क गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) को अडिटबाट नेपालले ७०.१ प्रतिशत परिपालना दर प्राप्त गरेको छ । यो अडिटमा हवाई सुरक्षा तथा नियमन र दुर्घटना जाँचसँग सम्बन्धित विषयहरू पर्छन् । ती विषयमा आईकाओले उठाएका चासो सम्बोधन गर्न क्यामेरा जडानदेखि जोखिम मूल्याङ्कनसम्मका गतिविधि जारी रहेको प्राधिकरणको भनाइ छ । 

नेपालजस्तै भूगोल भएका मुलुक र नेपालको दुर्घटना दरको तुलना गर्दा नेपालको दुर्घटना कम भएको भन्दै यसमा पछिल्लो समय थपिएका पूर्वाधार र नियमनमा गरिएको कडिकडाउको नतिजा भएको प्राधिकरणको भनाइ छ । पछिल्लो समय गत जेठमा मुस्ताङमा जहाज दुर्घटना भएको थियो । दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो । पछिल्लो दुर्घटनापछि युरोपेली युनियनबाट समेत नेपालको अडिट भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस