भ्रष्टाचार निर्मूल पार्नु मेरो पहिलो लक्ष्य हुनेछ : प्रकाशमान सिंह « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भ्रष्टाचार निर्मूल पार्नु मेरो पहिलो लक्ष्य हुनेछ : प्रकाशमान सिंह


६ कार्तिक २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले भ्रष्टाचार निर्मूल गर्नुपर्ने नागरिकको चाहना पूरा गर्ने आफ्नो पहिलो दायित्व भएको बताएका छन् ।

काठमाडौँ आइतबार आयोजित चुनावी कार्यक्रममा बोल्दै नेता सिंहले व्याप्त भ्रष्टाचार निर्मूल गर्ने र सुशासन कायम गर्दै देश निर्माण आफ्नो पहिलो दायित्व रहेको बताए ।

राजनीति अस्थिरताका कारण मुलुकको समस्याको जहाँको त्यहीँ रहेकाले राजनीति स्थायित्वले मात्र सुशासन र विकास निर्माणको प्रक्रियामा अगाडि बढ्ने भन्दै नेता सिंहले काठमाडौंमा देखिएको खानेपानी, फोहोर व्यवस्थापन ट्राफिक जामलगायत न्यूनतम आधारभूत समस्याको समाधानका लागि काम गर्ने योजनासहित आफू फेरि जनतामाझ आएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस