श्रीलङ्कालाई जितका लागि १२९ रनको लक्ष्य « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

श्रीलङ्कालाई जितका लागि १२९ रनको लक्ष्य


६ कार्तिक २०७९, आइतबार


काठमाडौँ । अस्ट्रेलियामा जारी आइसिसी ट्वान्टी-२० विश्वकपमा आइतबार आयरल्यान्डले श्रीलङ्कासामु १२९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

होबर्टस्थित बेल्लेरिभ ओभलमा जारी समूह–१ को खेलमा टस जितेर ब्याटिङ रोजेको आयरल्यान्डले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२८ रनको योगफल खडा गर्‍यो ।

आयरल्यान्डका ह्यारी टेक्टोरले सबैभन्दा धेरै ४५ रन बनाए । ओपनर पाउल स्टर्लिङ ३४ रनमा आउट हुँदा टिमको खातामा जर्ज डकरेल १४ र लोर्कान टकरले १० रन थपे ।

श्रीलङ्काका वनिन्दु हसरंगा डी सिल्भा र महिस थिक्षणाले समान दुई दुई विकेट लिए । बिनुरा फर्नान्डो, लहिरु कुमारा र धनञ्जय डी सिल्भाले एक–एक विकेट लिए ।

दुवै टिम पहिलो चरणबाट सुपर–१२ मा प्रवेश गरेका हुन् । श्रीलङ्का समूह ‘ए’ विजेताको रूपमा सुपर–१२ मा प्रवेश गर्दा आयरल्यान्ड समूह ‘बी’ को उपविजेता बन्दै आएको हो ।

आजै हुने दोस्रो खेलमा भारत र पाकिस्तान भिड्दै छन् । यी दुई टिमबिचको खेल नेपाली समयअनुसार दिउँसो ०१ः४५ बजेदेखि सुरु हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस