३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपाको प्रतिस्पर्धा एमालेसँग हो : अध्यक्ष लिङ्देन

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा राप्रपाको प्रतिस्पर्धा एमालेसँग हुने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित काठमाडौँ शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले राप्रपाको मुख्य प्रतिस्पर्धा नेकपा एमालेसँग हुने बताएका हुन् ।

उनले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका पार्टीहरू १ सयभन्दा तलको सिटमा खुम्चिसकेको उल्लेख गर्दै नेकपा एमाले नै राप्रपाको मुख्य प्रतिस्पर्धी भएको जिकिर गरे । अध्यक्ष लिङ्देनले आगामी निर्वाचनमा पनि पटक–पटकको नेतृत्वमा असफल भइसकेका पार्टीहरूलाई भोट हाल्ने हो भने नागरिकहरूले नै दुःख पाउने बताए ।

उनले काँग्रेस र माओवादी लगायतका दलहरूका मतदाताहरू अहिले राप्रपाको सक्रियता खोजिरहेको उल्लेख गर्दै काँग्रेस, कम्युनिस्टको झण्डा धुरीमा राखेर राप्रपालाई भोट दिन मतदाता तयार रहेको बताए । उनले आगामी निर्वाचनबाट राप्रपा अग्रणी पार्टी हुने कुरालाई कसैले रोक्न नसक्ने दाबी गरे ।

उनले भने, ‘यो निर्वाचनमा राप्रपा अग्रणी पार्टी हुने कुरालाई कसैले रोक्न सक्दैन । यस पटक राप्रपाको चुनावी प्रतिस्पर्धा नेकपा एमालेसँग भएको छ । अरू पार्टीहरूको त हिसाबकिताब नै छैन । उम्मेदवार नै सय कटाउन सकेका छैनन् । काँग्रेस, माओवादी भन्ने पार्टी त सय भन्दा तल छन् । कोही त ५० भन्दा तल छन् । अनि सरकार बनाउँछु, सरकारको नेतृत्व गर्छु र आगामी दिनमा प्रधानमन्त्री हुन्छु भन्छन्, नेकपा एमालेको हाराहारीमा उम्मेदवारी प्रस्तुत गर्न सक्ने राप्रपा मात्रै हो । हिजो हामी ४ सिटमा उम्मेदवारी उठाएर हिँडेका थियौँ, आज १४० सिटमा छ । अप्रत्याशित रूपमा परिणाम आउने छ ।’

अध्यक्ष लिङ्देनले आगामी निर्वाचनमा राप्रपाको पक्षमा अप्रत्याशित परिणाम आउने बताए । अध्यक्ष लिङ्देनले देशको विकास होस् भन्ने चाहना राख्ने हरेक नेपालीहरूले यस पटक हलोमा भोट हालेर राप्रपालाई जिताउन आवश्यक भएको बताए । उनले एमालेले राप्रपालाई भोट दिँदा टाउको दुखाउनुपर्ने स्थिति नरहेको भन्दै हीनताबोध लिएर राजनीति अघि बढ्न नसक्ने बताए ।

उनले भने, ‘जो नेतृत्व पटक–पटकको नेतृत्वमा असफल भइसक्यो, त्यही नेतृत्व र त्यही पार्टीलाई हामीले मेरो पार्टी, पुरानो पार्टी भनेर भोट हालिराख्ने हो भने दुःख हामीले नै पाउँछौँ । यस कारण यस पटक त्यो गल्ती गर्ने छुट कसैलाई छैन । अहिले काँग्रेस, माओवादी पार्टीमा रहेका मतदाताहरू राप्रपाको सक्रियता खोजिरहेका छन् । अहिले काँग्रेस, कम्युनिस्टको झण्डा घरधुरीमा राखेर भए पनि राप्रपालाई भोट दिन मान्छे तयार छन् ।’

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ की प्रतिनिधिसभा उम्मेदवार कुन्तीदेवी पोखरेलले आगामी निर्वाचन राष्ट्रवादीको जित वा हार भन्नेमा नै केन्द्रित हुने बताइन् । उनले नेपाली काँग्रेसका मतदाताहरूले किसुनजी, गणेशमान सिंह र बिपी कोइरालाको सिद्धान्तलाई पछ्याउने वा प्रचण्ड पथमा लाग्ने भन्ने तय गर्ने निर्वाचन भएको पनि बताइन् । उनले आगामी निर्वाचनमा राष्ट्रवादी पार्टी राप्रपालाई जिताउनुको कुनै विकल्प नभएको बताइन् ।

उनले भनिन्, ‘किसुनजी, गणेशमान सिंह र बिपी बाबुको सिद्धान्त मान्नुहुन्छ कि प्रचण्ड पथमा जानुहुन्छ रु आगामी निर्वाचनले तय गर्नेछ । राष्ट्रवादी व्यक्ति र पार्टी राप्रपालाई आगामी निर्वाचनमा जिताउनुको विकल्प छैन । काठमाडौँको २ नम्बर क्षेत्र कर्णाली भएको छ ।’ उम्मेदवार पोखरेलले काठमाडौं क्षेत्र नम्बर २ विकास निर्माणमा कर्णाली भन्दा कमजोर रहेको जिकिर गरिन् ।

प्रतिक्रिया दिनुहोस