प्रधानमन्त्रीको गृह जिल्लामा काँग्रेसको वडा समितिले निर्वाचन बहिष्कार गर्ने ! « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्रीको गृह जिल्लामा काँग्रेसको वडा समितिले निर्वाचन बहिष्कार गर्ने !


६ कार्तिक २०७९, आइतबार


धनगढी । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा वडा समितिले निर्वाचन बहिष्कार गर्ने भएको छ ।

भागेश्वर गाउँपालिका–५ को नेपाली काँग्रेसको वडा समितिले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

वडाको समग्र विकासका लागि राखिएका मागहरू विश्वासिलो रूपमा पूरा हुने आधार नदेखिएकाले चुनाव बहिष्कार गर्ने र कुनै पनि उम्मेदवारलाई भोट नदिने निर्णय बहुमतले गरिएको वडा सभापति जङ्गबहादुर थापामगरले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस