टी-२० विश्वकप सुपर १२ : आज अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्ने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

टी-२० विश्वकप सुपर १२ : आज अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्ने


५ कार्तिक २०७९, शनिबार


काठमाडौँ । अष्ट्रेलियामा जारी टी-२० विश्वकपमा शनिबार दिउँसो सुपर १२ का खेल सुरु हुँदैछ।

प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया र साविक उपविजेता न्युजिल्याण्डबीच दिउँसो १२:४५ मा शीर्ष १२ को पहिलो भिडन्त हुँदै छ।

समूह १ मा रहेका यी दुई टिमबिच एक अर्कालाई पराजित गर्दै प्रतियोगितामा आफ्नो रवाफिलो उपस्थिति कायम गर्ने लक्ष्य रहने छ।

गत विश्वकपको फाइनलमा अष्ट्रेलियासँग पराजित भएकाले न्युजिल्याण्डले यो पटक फाइनलको समूह चरणमा नै बदलालिने दाउमा किबी टिम रहने छ। अस्ट्रेलिया भने आफ्नो विजेता छवि कायम राख्न चाहन्छ। दुबईमा भएको साविक फाइनलमा अष्ट्रलियाले न्युजिल्याण्डलाई आठ विकेटले हराउँदै उपाधि जितेको थियो।

टी(२० विश्वकप अघि अष्ट्रेलिया र न्युजिल्यान्डले एक अर्का विरुद्व तीन खेलको एकदिवसीय सिरिज खेलेका थिए। जहाँ अष्ट्रेलियाले ३(० को जित निकालेको थियो। त्यसपछि विश्वकपका लागि भएको वार्मअप खेलमा भने अस्ट्रेलिया भारतसँग ६ रनले हार्दा न्युजिल्याण्डले भने दक्षिण अफ्रिकालाई पराजित गरेको थियो।

पछिल्ला पाँच खेलमा अष्ट्रेलियाले ३ खेलमा हार भोग्दा दुई खेलमा जित निकालेको छ। न्युजिल्याण्डले भने ३ खेलमा जित निकाल्दा दुई खेलमा पराजय भोगेको छ। तर यी दुई बीच कुल १५ खेल हुँदा अष्ट्रेलियाले १० खेलमा जित निकाल्दा न्युजिल्याण्डले पाँच खेलमा जित हासिल गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस