बिदाको दिन पनि जरिवाना नबुझाए बन्द सूचीबाट नाम हटाइने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बिदाको दिन पनि जरिवाना नबुझाए बन्द सूचीबाट नाम हटाइने


४ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएका तर खर्च विवरण नबुझाएका समानुपातिकको बन्द सूचीमा रहेका उम्मेदवारहरूले शनिवार पनि निर्वाचन खर्च बुझाउन सकिने जनाएको छ । 

शुक्रवार विज्ञप्ति जारी गर्दै आयोगले वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई चुनावी खर्च नबुझाएका तर मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको समानुपातिकको बन्द सूचीमा परेको उम्मेदवारले भोलि शनिवार पनि खर्च विवरण बुझाउन सक्ने जनाएको हो । 

आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार स्थानीय तहको निर्वाचन खर्च नबुझाउने समानुपातिकको बन्द सूचीमा रहेका उम्मेदवारहरूले शनिवार बिदाको दिन खर्च विवरण बुझाएर आफ्नो उम्मेदवारी कायम गर्न निर्देशन दिएको छ । 

भोलि पनि खर्च विवरण नबुझाएमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूचीबाट नाम हटाउने आयोगले निर्णय गरेको उनले जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस