२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीमा भेट्ने बाचासहित नवौँ राष्ट्रिय खेलकुदको भव्य समापन

अ+ अ-

कास्की । गण्डकी प्रदेशमा आयोजना गरिएको नवौँ राष्ट्रिय खेलकुदको बिहीबार राति पोखरा रङ्गशालाबाट हजारौँको उपस्थितिमा भव्य समापन गरिएको छ ।

आगामी दुई वर्षपछि कर्णाली प्रदेशमा भेट्ने बाचासहित नवौँ राष्ट्रिय खेलकुद पोखराबाट बिदाइ गरियो । विसं २०८१ मङ्सिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशले १०औँ संस्करणको राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारी पाएको छ । नवौँको समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीलाई १०औँ राष्ट्रिय खेलकुदको झण्डा हस्तान्तरण गरेपछि पोखराले राष्ट्रिय खेलकुदको बिदाइ गरेको हो ।

विभिन्न सांस्कृतिक कार्यक्रम, झाँकी, मार्चपास र आतिशबाजीसहित भव्य समारोहका बीचमा नवौँको बिदाइ गरियो । पोखरा रङ्गशालामा भरिभराउ दर्शकले खुसीयाली मनाउँदै राष्ट्रिय खेलकुदको भव्य समापन समारोहमा सहभागिता जनाए । गण्डकी प्रदेशका आठ जिल्लामा गतअसोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका ३६ खेल सञ्चालन भए । केही गुनासा, केही अभाव र अव्यवस्थाका बीचमा समग्रमा गण्डकीमा आयोजना भएको राष्ट्रिय खेलकुद भव्य बनेको खेलकर्मीको बुझाइ छ ।

चार दशकपछि आयोजनाको जिम्मेवारी पाएको गण्डकीले भव्य गरेर प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितामा छ हजारभन्दा बढी खेलाडीले आफ्नो खेल कौशल प्रदर्शन गरे, नयाँ-नयाँ राष्ट्रिय कीर्तिमान कायम भयो र प्रतियोगिता सकियो । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सर्वाधिक एक सय ७२ स्वर्ण पदक जितेर च्याम्पियन बनेको छ । आर्मी लगातार तीन संस्करणमा च्याम्पियन बन्यो । यसअघि सातौँ र आठौँ राट्रिय खेलकुदमा पनि आर्मी सर्वाधिक पदक जितेर च्याम्पियन बनेको थियो । प्रतियोगितामा सेनाले स्वर्ण एक सय ७२, रजत एक सय १० र ८९ कास्य गरी तीन सय ७१ पदक जितेर च्याम्पियन बनेको हो ।

पहिलोपटक राष्ट्रिय खेलकुदको विजेतालाई सुन र चाँदी समावेश गरेर बनाइएको ट्रफी प्रदान गरिएको हो । यसैगरी सशस्त्र प्रहरीको एपिएफले ६५ स्वर्ण, ७२ रजत र ८२ कास्यसहित दुई सय १९ पदक जितेर द्वितीय भएको छ । नेपाल प्रहरीले ६१ स्वर्ण, ६१ कास्य र ७३ रजतसहित कूल एक सय ९५ पदक जितेको छ । घरेलु मैदानको सदुपयोग गर्दै आयोजक गण्डकी प्रदेश चौथो तथा प्रदेशहरूमध्येमा पहिलो हुन सफल भयो ।

गण्डकीले ३२ स्वर्ण, ३१ रजत ५७ कास्यसहित एक सय २० पदकसहित समग्रमा चौथो भएको छ । बागमती प्रदेशले २४ स्वर्ण, ४७ रजत र ७४ कास्य पदकसहित एक सय ४५ पदकसहित पाँचौँ स्थानमा रहन सफल भयो । प्रदेश नं १ ले १० स्वर्ण, २३ रजत र ५० कास्य पदकसहित छैटौँ भएको छ । सुदूरपश्चिम प्रदेश १० स्वर्ण, १० रजत ४३ कास्यसहित ६३ पदक जित्न सफल भयो । एनआरएनएले १० स्वर्ण, नौ रजत र सात कास्य गरी कुल २६ पदक जित्दा लुम्बिनी प्रदेशले छ स्वर्ण, २२ रजत र ४० कास्य गरी ६८ पदक जितेको छ । मधेस प्रदेशले पाँच स्वर्ण, आठ रजत र २६ कास्य गरी ३९ पदक जित्दा कर्णाली प्रदेशले दुई स्वर्ण, चार रजत र १२ कास्यसहित १८ पदक जितेको छ ।

प्रतिक्रिया दिनुहोस