चलचित्र ‘चोर र पुलिस’को ट्रेलर सार्वजनिक  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

चलचित्र ‘चोर र पुलिस’को ट्रेलर सार्वजनिक 


४ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ ।  नेपाली चलचित्र ‘चोर र पुलिस’को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार काठमाडौँमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो ।

चलचित्रमा ‘कबड्डी’ फेम्ड बुद्धि तामाङको प्रमुख भूमिका र धीरेन शाक्य, शोभित बस्नेत, राजेन्द्र खड्गी, सुलेमान शंकर, जयकिशन बस्नेत र कविता रायको अभिनय रहेको छ  ।

लामो समयपछि धीरेन र राजेन्द्रले यही चलचित्रमार्फत रजत पटमा कम ब्याक गर्दै छन् । घरायसी चोरी र प्रहरीले चोरलाई समात्न गरेको कारबाही वरपर चलचित्र घुमेको छ । रोमान्स, इमोसन र एक्सन फिल्ममा छन् ।

बुद्धिले प्रहरी अधिकृतको भूमिका निर्वाह गरेका छन् भने शोभित खल पात्रको भूमिकामा छन् । आरएल लामा मोक्तान निर्देशित चलचित्रलाई आर सोनम मोक्तान र लंकामाया मोक्तानले निर्माण गरेका हुन् ।

हेर्नुस् ट्रेलर :

Tags :
प्रतिक्रिया दिनुहोस