अदालतको आदेश विपरीत बालेनको नाम लिँदै बाङ्गेमुढाको त्वाःछेँमा सामुदायिक भवन तोडफोड « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अदालतको आदेश विपरीत बालेनको नाम लिँदै बाङ्गेमुढाको त्वाःछेँमा सामुदायिक भवन तोडफोड


३ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ऐतिहासिक नेवा सभ्यतामाथि आक्रमण गरेको भन्दै बाङ्गेमुढाका स्थानीय आन्दोलित भइरहेका बेला अदालतको आदेश विपरीत सामुदायिक भवन तोडफोड गरिएको छ ।

महानगरका मेयर बालेन शाहको आदेश भन्दै नगर प्रहरी प्रमुख राजु पाण्डेले यसअघि डोजर चलाएपछि नेवाः समुदाय आन्दोलनमा उत्रिएका थिए । पाण्डेले लिखित आदेशसमेत देखाउन सकेका थिएनन् ।

यसबीचमा स्थानीय अदालत गएकोमा उच्च अदालत पाटनले गत असोज २७ गते अन्तरिम आदेशमार्फत सामुदायिक भवन त्वाःछेँ भत्काउन वा सो भवनको संरचनामा क्षति पुग्ने कुनै पनि कार्य हुन नदिई भवनलाई यथास्थितिमा राख्न भनेको थियो ।

तर अदालतको आदेश विपरीत बिहीवार केही व्यक्तिले डोजरले आधा भत्काएको भवन तोडफोड गरेका छन् । महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष राजेश डङ्गोलको नेतृत्वमा गएको टोलीले मेयर बालेनको आदेश भन्दै भवन भत्काएको प्रत्यक्षदर्शीले बताएका छन् ।

वडाध्यक्ष डङ्गोलले आफूहरूलाई अदालतको आदेश नआएको बताएका छन् । स्थानीयले २०३४ सालमा सामुदायिक प्रयोजनका लागि सो भवन बनाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस