बागी उम्मेदवारी दिएकालाई जसपाले पार्टीबाट निकाल्यो « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

बागी उम्मेदवारी दिएकालाई जसपाले पार्टीबाट निकाल्यो


३ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले बागी उम्मेदवारलाई कारबाही गरेको छ । केन्द्रीय कार्यकारिणी समितिका सदस्यसमेत रहेका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार पार्टी निर्णय विपरीत उम्मेदवारी दिनेलाई निष्कासन गरिएको छ ।

“…पार्टी नीति, निर्णय विपरीत स्वतन्त्र रूपमा उम्मेदवारी दिने त्यस्ता उम्मेदवारहरूले पार्टी अनुशासन उलङ्घन गरी उम्मेदवारी कायम राखी रहेकाले उनीहरूलाई पार्टीबाट निष्कासित गरिएको छ,” उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

जसपाले नेकपा (एमाले)सँग तालमेल भएका स्थानमा संयुक्त उम्मेदवारलाई जिताउन र तालमेल नभएका ठाउँमा पार्टीका उमेदवारिलाई जिताउन लाग्न पनि निर्देशन दिएको छ ।

“तालमेल भएको स्थानमा जसपा, नेपाल र नेकपा (एमाले)का संयुक्त उम्मेदवारहरूलाई र तालमेल नभएका स्थानमा जसपा, नेपालको उम्मेदवारको पक्षमा लाग्न, प्रचार प्रसार गर्न, मत माग्न र निर्वाचनमा विजयी बनाउन पार्टीका सम्पूर्ण समर्थक, शुभ–चिन्तक तथा सदस्यहरू र नेतृत्वमा रहनु भएका सबै साथीहरूलाई निर्देशित गरिन्छ,” विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस