विद्यालयलाई पालिकाले कारबाही गर्न नपाउने « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

विद्यालयलाई पालिकाले कारबाही गर्न नपाउने


३ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । कपिलवस्तुको शिक्षा विकास तथा समन्वय इकाइले विद्यालय खोलेकै आधारमा विद्यालयलाई कारबाही नगर्न बाणगंगा नगरपालिकालाई पत्र काटेको छ ।

बाणगंगा नगरपालिकाले दशैँ तिहारको बीचमा पठन पाठन गर्ने नगरभित्रका संस्थागत विद्यालयलाई कारबाही गर्ने र नगरपालिकाबाट दिइने कुनै सुविधा नदिने चेतावनी दिएको थियो ।

त्यसविरुद्ध विद्या मन्दिरका संस्थापक प्रिन्सिपलले शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुमा उजुरी दिएका थिए ।

त्यसपछि इकाइले नगरपालिकालाई पत्र पठाउँदै भनेको छ, ‘नेपाल सरकारले निषेध गरेको समय बाहेक विद्यालय खोली पठनपाठन गरे बापत विद्यालयलाई कारबाही गर्न मिल्ने कानुन संघीय शिक्षा ऐन तथा नियमावलीमा कतै पनि व्यवस्था नभएको ब्यहोरा जानकारीका लागि अनुरोध छ ।’

असोज २५ गते नगरपालिकाले गरेको निर्णय विपरीत दसैँ तथा दीपावलीको बीचको समयमा विद्यालय सञ्चालन गरेपछि नगरपालिकाले २७ गतेदेखि विद्यालय बन्द गर्नुपर्ने निर्णय गरेको र उक्त निर्णय कार्यान्वयन भए नगरबाट दिइने सेवा सुविधा रोक्ने चेतावनी दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस