२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार परिवर्तनको बेला तानातान, चुनावको बेला बेवास्ता : विमला वली

अ+ अ-

काठमाडौँ । उपनिर्वाचनमार्फत दाङ जिल्लाको क्षेत्र नम्बर ३ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित विमला कुमारी वली खत्री बेलाबखत निकै चर्चामा आइन् । पति उत्तर कुमार वलीको निधनपछि भएको उपनिर्वाचनमा तत्कालीन नेकपाले विमलालाई उम्मेदवार बनाएर जिताएको थियो । उनी लुम्बिनी प्रदेशसभा सदस्य हुँदै गठबन्धनको सरकार बन्दा स्वास्थ्य राज्यमन्त्री समेत भइन् ।

नेकपा खारेजीपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएसँगै वली दुई दलको तानातानमा परेकी थिइन् । उनलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आफ्नो दलको सांसदका रूपमा दाबी गरेका थिए । सोही क्रममा उनी केही दिन तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेलको अघोषित नजरबन्दमा समेत रहिन् । मुख्यमन्त्री निवासमा आफूलाई थुनेर राखिएको भन्दै उनले तत्कालीन मुख्यमन्त्री पोखरेलमाथि अपहरणको आरोपसमेत लगाएकी थिइन् । त्यसपछि उनले आफू नेकपा माओवादी केन्द्रमा रहेको स्पष्टोक्ति दिएकी थिइन् ।

पाँच दलीय गठबन्धनले लुम्बिनी प्रदेश सरकार गठन गर्दा बहुमत जुटाउन उनको साथ निकै महत्त्वपूर्ण थियो । तर आसन्न निर्वाचनका लागि भने उनी कुनै पनि दलको रोजाइमा परिनन् । उनले आफूलाई एमाले र माओवादीले प्रयोग गरेको गुनासो गरिन् । आफूले उपनिर्वाचन जितेर आएको क्षेत्रमा बजेट काट्ने काम भएको गुनासोसमेत गरिन् । यसरी बजेट काट्नेमा तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेल नेतृत्वको सरकारमात्र नभएर वर्तमान सरकारले पनि भेदभाव गरेको उनको गुनासो छ ।

उनले आफू राज्यमन्त्री हुँदा मन्त्रालयको बजेट प्रयोग गर्न नपाएको पनि बताइन् । उनले आफ्ना क्षेत्रबाट जनताको मागको आधारमा पठाएका योजनाहरू काट्दा निकै दुःख लागेको बताइन् ।

उनले माओवादी पार्टी दलित, महिला तथा पिछडिएको वर्गको पक्षमा काम गर्ने भन्ने ठानेर आफू लागे पनि त्यो नभएको महसुस गरेपछि अब पार्टीमा सक्रिय नहुने मनसाय बनाएको पनि प्रस्ट पारिन् । आफूलाई समानुपातिकतर्फ समेट्ने आश्वासन दिइएकामा त्यो पनि पूरा नभएको उनको गुनासो छ ।

उम्मेदवार छनौट गर्ने बेलामा एक पटक जिल्लाको बैठकमा बोलाउने काम भएको उल्लेख गर्दै उनले त्यस बाहेक पार्टीको बैठक, भेला तथा अन्य रणनीतिक छलफलमा आफूलाई बेवास्ता गरिएको उनको गुनासो छ । उनको क्षेत्रमा अहिले सत्तारुढ गठबन्धनबाट माओवादीका धनबहादुर मास्के राना प्रदेशसभातर्फ उम्मेदवार बनेका छन् । तर उम्मेदवार रानाले समेत अहिलेसम्म आफूलाई ‘चुनावमा सँगै जाउँ, पार्टीको काममा जाउँ’ भनेर सम्पर्कसमेत नगरेको उनले बताइन् ।

सबै पार्टीले सोझो मान्छेलाई प्रयोगमात्रै गर्दै आएको निष्कर्ष निकाल्दै आफूले अब पार्टीमा सक्रिय नहुने निर्णय लिएको प्रस्ट पारिन् । अब आफू घर व्यवहारमै केन्द्रित हुने उनको भनाइ छ । दाङको तुलसीपुर घर भएकी वली अहिले घोराहीमा भाडामा बसेर छोरालाई पढाउँदै छिन् । उनले दाङका वाइसीएल नेता एकराज बस्नेतबाट आफूले पाउनुपर्ने रकम हालै पाएको पनि बताइन् ।

जेठ ३१ गते तत्कालीन स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री रहेकै बेला उनी दाङको तुलसीपुरस्थित बस्नेतको घरमा पुगेपछि विवाद सतहमा आएको थियो । बस्नेतको परिवारले उनीमाथि दुर्व्यवहारको आरोप लगाउँदै प्रहरीमा उजुरीसमेत गरेको थियो ।

यस सम्बन्धमा प्रदेश सरकारले आन्तरिक मामिला मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्य छानबिन टोली समेत गठन गरेको थियो । उक्त समितिले विमलाले पाउनु पर्ने रकम बस्नेतले तिर्नुपर्ने निष्कर्ष निकालेको थियो ।छानबिन समितिले प्रतिवेदन नबुझाउँदै लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री पदबाट वलीले राजीनामा दिएकी थिइन् ।