अन्ना मे वङ अमेरिकी मुद्रामा छापिने पहिलो एसियाली मूलकी अभिनेत्री « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अन्ना मे वङ अमेरिकी मुद्रामा छापिने पहिलो एसियाली मूलकी अभिनेत्री


३ कार्तिक २०७९, बिहिबार


काठमाडौँ। अभिनेत्री अन्ना मे वङ अमेरिकी सिक्कामा कुँदिने पहिलो एसियाली-अमेरिकी कलाकार बनेकी छन् । उनको तस्वीर कुँदिएको मुद्रा अर्को साता सार्वजनिक हुँदैछ । हलिउडमा नश्लवाद र रुढीवादको प्रभुत्व कायम रहेको बेला अभिनेत्री वङले काम गरेकी थिइन् ।

मुद्रा छाप्ने जिम्मेवारी पाएको अमेरिकी ट्रेजरी डिपार्टमेन्टले भनेको छ, ‘अमेरिकी महिला क्वार्टर कार्यक्रमको एक हिस्साको रुपमा वङको हस्ताक्षर र लामो नङसहितको प्रोफाइल रहेको एक चौथाइ डलरको सिक्का मंगलबारदेखि चल्न थाल्नेछ ।’

‘अन्ना मे वङले अभिनय पेसामा देखाएको कडा परिश्रम, दृढता र सीपसँगै मलाई लाग्छ कि उनको अनुहार र भावपूर्ण इशाराले फिल्मका दर्शकलाई साँच्चिकै मोहित तुल्याएको छ । त्यसैले यी तत्वलाई मैले सिक्कामा समावेश गरेकी छु,’ डिजाइनर एमिली डम्स्ट्राले भनिन् ।

वङको जन्म सन् १९०५ मा वङ लिउ सोङको रुपमा लस एन्जलसमा भएको थियो । सन् १९१९ मा रिलिज भएको फिल्म ‘द रेड लान्टर्न’देखि केमियो भूमिकाबाट अभिनय सुरु गरेकी वङले लिड रोलको रुपमा सन् १९९२ को फिल्म ‘द टोल अफ द सी’मा अभिनय गरिन् ।

उनले ६० भन्दा बढी फिल्ममा अभिनय गरिन् । सफलताको बाबजुद पनि वङले हलिउडमा भेदभाव र नश्लवादको सामना गरिन् । सन् १९६१ मा उनको निधन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस