माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादीले बनायो निर्वाचन परिचालन समिति « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादीले बनायो निर्वाचन परिचालन समिति


२ कार्तिक २०७९, बुधबार


नेकपा (एकीकृत समाजवादी)

काठमाडौँ । नेकपा एकीकृत समाजवादी)ले अध्यक्ष माधव नेपालको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ। बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले नेपालको नेतृत्वमा २५ सय १ सदस्यीय समिति गठन गरेको हो।

समितिमा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय परिषद्का पदाधिकारी एवं सदस्य र पार्टीका प्रदेश कमिटीका पदाधिकारी एवं जनवर्गीय सङ्गठनका पदाधिकारी सदस्य रहेका छन्।

बैठकले महासचिव बेदुराम भुसालको नेतृत्वमा २२ सदस्यीय निर्वाचन परिचालन समितिको सचिवालयसमेत गठन गरेको छ। उक्त समितिको सदस्यमा डा। गङ्गालाल तुलाधर, डा.विजय पौडेल, विश्वनाथ प्याकुरेल, सावित्रा भुसाल, प्रमोदराज शर्मा, प्रेमल खनाल, लक्ष्मण केसी, केदार सञ्जेल रहेका छन्।

यस्तै विष्णु लम्साल, धनप्रसाद गौतम, मोहन गौतम, रमेश रञ्जन झा, उदय श्रेष्ठ, खेमराज पौडेल, सीताराम नेपाल, द्रोणाचार्य क्षेत्री, विश्वमणि सुवेदी, प्रकाश खतिवडा, विशाल भण्डारी, सुदेश पराजुली र नितेश पौडेललाई समितिको सदस्यमा मनोनीत गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस