नवौँ राष्ट्रिय खेलकुद : ८८ स्वर्ण जितेको आर्मी अग्रस्थानमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नवौँ राष्ट्रिय खेलकुद : ८८ स्वर्ण जितेको आर्मी अग्रस्थानमा


२ कार्तिक २०७९, बुधबार


काठमाडौँ । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले अग्रता कायम राखेको छ।

नवौँ राष्ट्रिय खेलकुदको पाँचौँ दिन हिजोसम्म आर्मीले ८८ स्वर्ण पदक जित्दै पदक तालिकामा अग्रता कायम राखेको हो। आर्मीले ५८ रजत र ३९ कास्यसहित कुल १८५ पदक हात पारेको छ। दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले ३७ स्वर्ण, ३१ रजत र ४० कास्य पदक सहित १०८ पदक जितेको छ।

अर्को विभागीय टिम एपीएफले ३१ स्वर्ण, ३४ रजत र ५५ कास्य पदक सहित कुल १२० पदक हात पार्दै तेस्रो स्थानमा छ। गण्डकी प्रदेशले १६ स्वर्ण १५ रजत र ३० कास्यसहित ६१ पदक हात पार्दा बागमती प्रदेशले १५ स्वर्ण, २८ रजत र ३१ कास्य सहित कुल ७४ पदक जितेको छ।

सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ४ रजत, २० कास्य सहित ३२ पदक, एनआरएनएले ७ स्वर्ण, ७ रजत ४ कास्य सहित १८ पदक, मधेश प्रदेशले ५ स्वर्ण, ७ रजत र ११९ कास्य पदक सहित ३१ पदक, प्रदेश १ ले ३ स्वर्ण १६ रजत र ३२ कास्य सहित ४९ पदक जितेका छन्।

त्यसैगरी,लुम्बिनी प्रदेशले ३ स्वर्ण, १२ रजत र २२ कास्य सहित ३७ र कर्णाली प्रदेशले १ स्वर्ण, २ रजत, ७ कास्य पदक सहित ६ पदक हात पारेको छ। असोज २८ बाट औपचारिक उद्घाटन भएको खेलको भोलि समापन हुनेछ। प्रतियोगितामा सातवटा प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन विभागीय र एक गैर आवासीय नेपाली सङ्घ ९एनआरएन० गरी कुल ११ टोली सहभागी छन्।

४ सय ४ स्वर्ण, उति नै रजत पदक र त्यसभन्दा दोब्बर बढी कास्यका लागि प्रतिस्पर्धा भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस