ओलीले जनतासँग प्रत्यक्ष टेलिफोन कुरा गर्ने « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

ओलीले जनतासँग प्रत्यक्ष टेलिफोन कुरा गर्ने


१ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कात्तिक ४ मा सर्वसाधारणसँग प्रत्यक्ष टेलिफोनमा संवाद गर्ने भएका छन् । मंगलबार आफ्नो फेसबुक पेजमा अध्यक्ष ओलीले ‘कात्तिक ४ गते, म तपाईँको सम्पर्कमा हुनेछु । आउनुस् कुरा गरौँ’ भनेर लेखेका छन् ।

उनले आफूसँग कुरा गर्न चाहनेलाई आफ्नो फेसबुक पेजको म्यासेज बक्समा नम्बर म्यासेज गर्न अनुरोध समेत गरेका छन् ।

मंसिर ४ को निर्वाचन मिति नजिकिएसँगै उम्मेदवारहरू जनतासँग नजिकिने प्रयास स्वरूप सामाजिक सञ्जालमा सक्रिय देखिन थालेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस