सशस्त्र प्रहरीको एआइजीमा दाहालको बढुवा  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सशस्त्र प्रहरीको एआइजीमा दाहालको बढुवा 


१ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । सशस्त्र प्रहरी बलको एआइजीमा डिआइजी वंशी दाहालको बढुवा भएको छ। २८ असोजमा बसेको मन्त्रिपरिषद्को बैठकले उनको बढुवा गरेको हो।

गत ६ असोजमा बसेको बढुवा समितिको बैठकले उनको बढुवा सिफारिस गरेको थियो। सिफारिसउपर उजुरी नपरेपछि उनको बढुवा भएको गृह मन्त्रालयका एक अधिकारीले बताए। विशिष्ट श्रेणीका कर्मचारीको बढुवाको निर्णय मन्त्रिपरिषद्‍बाट हुन्छ।

सरकारले दाहालको बढुवाकै लागि भनेर सशस्त्रमा एआइजीको एक दरबन्दी थपेको छ। सशस्त्रमा सीमा सुरक्षा विभाग स्थापना गरी एआइजीको दरबन्दी थपिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस