लुम्बिनीमा दुई दिन लगाएर भेटी गणना सकियो, कति भयो सङ्कलन ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लुम्बिनीमा दुई दिन लगाएर भेटी गणना सकियो, कति भयो सङ्कलन ?


३१ आश्विन २०७९, सोमबार


काठमाडौँ। अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीमा चालु आर्थिक वर्षको तीन महिनामा २७ लाख १८ हजार रुपैयाँ भेटी सङ्कलन भएको छ । लुम्बिनी विकास कोषले आइतबार र सोमबार गरी दुई दिनसम्म आन्तरिक तथा बाह्य पर्यटकबाट दानपेटिकामा सङ्कलन भएको भेटीको गणना गरेको थियो ।

पहिलो दिन १० लाख ८१ हजार र दोस्रो दिन सोमबार १६ लाख ३६ हजार गरी २७ लाख १८ हजार रुपैयाँ भेटीबापत दान सङ्कलन भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए ।

कोषाध्यक्ष भट्टराईको नेतृत्वमा स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरूको उपस्थितिमा आइतबार दानपेटिका खोलिएको थियो ।

मायादेवी मन्दिरको अवलोकनमा गएका भक्तजनले चढाएको भेटीको २४ जनाको टोलीले गणना गरेको थियो । तीन दिन लाग्ने अनुमान गरिए पनि दुई दिनमै भेटिको गणना सकिएको कोषाध्यक्ष भट्टराईले बताए ।

सीसीटीभी क्यामेरा जडान गरी गणनालाई पारदर्शी बनाइएको कोषले जनाएको छ । यसअघि गत असार १९ गते दानपेटिका खोलिएको थियो ।

लुम्बिनीमा प्रमुख आम्दानीको स्रोतका रूपमा दानलाई लिने गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस