जुम्लाका स्वतन्त्र उम्मेदवार डा.रोकायाको उम्मेदवारी फिर्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जुम्लाका स्वतन्त्र उम्मेदवार डा.रोकायाको उम्मेदवारी फिर्ता


३१ आश्विन २०७९, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको टिकट नदिएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएका डा.कलबहादुर रोकायाले उम्मेदवार फिर्ता लिएका छन्।

पार्टीभित्रको त्याग तपस्या, पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को बारम्बार आग्रह र पार्टी प्रदेश कमिटीको उम्मेदवारी फिर्ता लिन लिखत पत्राचार भएकोले उम्मेदवारी फिर्ता लिनुपर्ने भएको डा.रोकायाले बताए। 

स्वतन्त्र उम्मेदवारी फिर्ता लिएसँगै गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार गोमा कुँवर, प्रदेश (क) का उम्मेदवार ललितजंग शाही र प्रदेश (ख) उम्मेदवार पदमबहादुर रोकायासहित समानुपातिकलाई पनि समर्थन गर्ने निर्णय लिएको उनले बताए। 

Tags :
प्रतिक्रिया दिनुहोस