काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मतपेटिका ढुवानीका लागि सुरक्षा निकायको सवारीसाधन प्रयोग नगर्न सुझाव दिएका छन्। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनबारे सोमबार गृह मन्त्रालयमा आयोजित प्रमुख जिल्ला अधिकारीहरूको भर्चुअल बैठकमा बोल्दै उनले यस्तो सुझाव दिएका हुन्।
मतदानपछि चुनावमा हार्ने पक्षले सुरक्षा निकायको सवारीसाधनमा मतपत्र ल्याएकोले आफूहरूले हार्नुपरेको आरोप लाग्ने गरेकाले सकेसम्म मतपेटिका ढुवानीको काममा सुरक्षा निकायको सवारीसाधन प्रयोग नगर्न उनले सुझाव दिए।
महानिरीक्षक अर्यालले निर्वाचनमा अत्यन्तै संवेदनशील भएर सुरक्षाकर्मीहरू परिचालन गर्नुपर्ने पनि स्पष्ट पारे। निर्वाचनमा एउटा मात्रै युनिटले गल्ती गर्दा पनि त्यसको होल सिस्टममा असर पर्ने भएकाले सुरक्षाकर्मीको परिचालन गर्दा विशेष ध्यान दिन उनको आग्रह थियो।