२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

८० वर्षीय चित्रबहादुर फेरि चुनावी ब्याटलमा, एमालेका पाठकको कडा चुनौती

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगको रेकर्ड अनुसार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ८० वर्षको उमेरमा सांसद बन्ने आकाङ्क्षाका साथ बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनको समर्थनमा उम्मेदवार बनेका केसीको मुख्य प्रतिस्पर्धी एमालेका उम्मेदवार सूर्य पाठक रहेका छन् ।

उसो त यसअघि नै अब निर्वाचन नलड्ने भनेपनि केसी मैदानमा उत्रिएको भन्दै विपक्षी एमालेले चुनावी मसला बनाइरहेको छ । केसी भने गाडीबाट लडेर घाइते भएको बेला चुनाव लड्न सक्दिनँ भनेर विगतमा दिएको अभिव्यक्तिलाई एमालेले तोडमोड गरेको दाबी गर्छन् ।

केसी २०७३ साल मंसिर ८ गते पार्टी कार्यालय कपन जाने क्रममा चाबहिलमा माइक्रोबसबाट लडेर घाइते भएका थिए । त्यसको ठिक एक वर्षपछि सरकारले मंसिरमै प्रदेश र प्रतिनिधि सभा निर्वाचन गराउने निर्णय गरेको थियो । त्यतिबेला लडेर घाइते भएका केसी राम्रोसँग तंग्रिएका थिएनन् । त्यही कारण देखाउँदै केसीले चुनाव नलड्ने बताएका थिए । अहिले त्यही विषयलाई नेकपा एमालेले उछालेर ‘केसीलाई पदको भोका’ भन्दै प्रचार गरिरहेका हुन् ।

२०७४ सालमा निर्वाचित पाठक केसीको विगतको त्यही अभिव्यक्ति र उमेरलाई समेत मुद्दा बनाएर चुनावी अभियानमा जुटेका छन् । केसीले ०७४ सालको चुनावदेखि नलड्ने घोषणा गरेर पुनः लड्न आएको भन्दै आफू विजयी हुने पाठकले बताउने गरेका छन् । त्यस प्रसङ्गलाई केसीले भने राम्रोसँग चिर्न सकेका छैनन् ।

तर, गठबन्धनका साझा उम्मेदवार केसीले गाडीबाट लडेर घाइते भएर चुनाव लड्न सक्दिनँ भनेर दिएको अभिव्यक्तिलाई एमालेले तोडमोड गरेर झुटको खेती गरेको भन्दै आक्रोश पोखे ।

केसी जनमोर्चा र गठबन्धनका साझा एजेण्डलाई आधार बनाएर आफू निर्वाचित जिकिर गर्छन् ।

आफ्नो उमेरलाई एमालेले मुख्य मुद्दा बनाएको विषयमा समेत केसीले खण्डन गरे । युवा भनेर मात्रै नहुने भन्दै उनले सोच, विचार र दृष्टिकोण ठिक हुनुपर्ने जिकिर गरे ।

यता एमालेका प्रतिनिधि सभा उम्मेदवार पाठकले आफूले चुनाव जित्ने आधार प्रशस्त भएको दाबी गरे । ‘यो क्षेत्रमा एमालेको साङ्गठनिक संरचना बलियो छ । जो गठबन्धनबाट उम्मेदवार प्रस्तुत हुनुभएको छ । उहाँमाथि मतदाताको प्रश्नैप्रश्नहरु छन्’, पाठकको भनाइ छ ।

नेपाली राजनीतिमा पुस्तान्तरणको बहस चलिरहेको अवस्थामा केसीले चुनौती दिएर मैदानमा उत्रिएको पाठकले बताए ।

बागलुङ क्षेत्र नम्बर १ अन्तर्गत दुई नगरपालिका र दुई गाउँपालिका गरी चार स्थानीय तह पर्छन् । जसमा बागलुङ नगरपालिका, जमिनी नगरपालिका, वरेङ गाउँपालिका र काठेखोला गाउँपालिका समेटिएका छन् । बागलुङ नगरपालिका प्रमुख काँग्रेस र उपप्रमुख माओवादीले जितेको छ भने जैमिनी नगरपालिका प्रमुख जनमोर्चाले र उपप्रमुख काँग्रेसले जितेको छ । यस्तै काठेखोला गाउँपालिका प्रमुख काँग्रेस र उपप्रमुख जनमोर्चाले जितेको छ । यसैगरी वरेङ गाउँपालिका प्रमुख जनमोर्चा र उपप्रमुख काँग्रेसले जितेको छ ।

स्थानीयतहका वडा अध्यक्षको मतलाई जोड्दा गठबन्धन अघि देखिएको छ । गठबन्धनको पक्षमा २९ हजार ४६५ मत छ भने एमालेको २३ हजार ८६८ मत मात्रै छ । स्थानीय तहको मतअनुसार एमाले भन्दा गठबन्धन ५ हजार ५९७ मतले अघि देखिएको छ ।

क्षेत्र नम्बर १ मा केसी र पाठकबाहेक राप्रपाका लक्ष्मी प्रसाद सापकोटा, काँग्रेस बिपीका शिवलाल सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेल पनि चुनावी मैदानमा छन् । यस्तै स्वतन्त्र चन्द्र बहादुर क्षेत्रीले पनि उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस