गण्डकीका अमृतले स्क्वासमा जिते लगातार तेस्रो पटक स्वर्ण « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

गण्डकीका अमृतले स्क्वासमा जिते लगातार तेस्रो पटक स्वर्ण


३१ आश्विन २०७९, सोमबार


काठमाडौँ । गण्डकीका अमृत थापामगरले पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्क्वासको पुरुष व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जितेका छन् ।

सोमबार पोखरा रङ्गशालास्थित स्क्वास कोर्टमा सम्पन्न फाइनलमा अमृतले वाग्मतीका अह्रान्त सिन्हालाई ३-२ को सेटमा पराजित गर्दै स्वर्ण पदक जितेका हुन् ।

अमृतले स्वासमा लगातार तेस्रो पटक स्वर्ण पदक जितेका हुन् । अमृतले सातौँ र आठौँ राष्ट्रिय खेलकुदमा पनि स्वर्ण पदक जितेका थिए ।

अमृतले पहिलो सेट १२-१० ले जितेका थिए । उनले दोस्रो सेट ८-११ को स्कोरमा गुमाए । तेस्रो सेटमा १२-१० स्कोरमा जितेका अमृत चौथो सेटमा ९-११ ले पराजित भए । निर्णायक सेटमा अमृतले ११-८ ले लिँदै स्वर्ण पदक जितका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस