देउवा र म मिलिसक्यौ तपाईँहरू झगडा गरेर के पाउनुहुन्छ ? : शेखर कोइराला « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

देउवा र म मिलिसक्यौ तपाईँहरू झगडा गरेर के पाउनुहुन्छ ? : शेखर कोइराला


३१ आश्विन २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवा र आफू एकै ठाउँमा उभिएको बताएका छन्।

मोरङको सुन्दरहरैचा ५ मा आइतबार भएको छलफलमा कोइरालाले महाधिवेशन र स्थानीय चुनावका तुष त्याग्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका थिए।

‘स्थानीय चुनावमा के भयो, महाधिवेशनमा के भयो। अधिवेशन काँग्रेसभित्रको प्रतिस्पर्धा हो। त्यो तुषलाई सबैले त्यागौँ। मैले त त्यागिसकेँ, तपाईँहरूले किन नत्याग्ने मैले बुझेको छैन,’ कोइरालाले भने।

उनले गुटको झगडामा नलाग्न नेता तथा कार्यकर्तामा आग्रह पनि गरेका थिए।

‘शेरबहादुरजी र म महाधिवेशनमा सँगै लडेको होइन ? वडादेखि ग्रुप बनेर माथिसम्म गएको होइन ? जब शेरबहादुरजी र म नै मिलिसकेपछि वडामा किन तपाईँहरू झगडा गरिरहनुभएको छ मैले बुझेको छैन,’ कोइरालाले भने।

उनले महाधिवेशनका बेला देउवासँग गरिएको लडाइँ सकिइसकेको पनि बताए।

‘लडाइँ शेरबहादुरजी र मेरो हो। तलबाट माथिसम्म। त्यो लडाइँ सकिइसक्यो। शेरबहादुर र म एकै ठाउँमा उभिएका छौँ,’ उनले भने, ‘म पटक-पटक गएर शेरबहादुरजीसँग भेटिरहेको छु। मेरा कुरा सुनिरहनुभएको छ मानिरहनुभएको छ। तपाईँहरू तल किन लडिरहनुभएको छ मैले बुझेको छैन। के को लागि लडेको ? के पाउनुहुन्छ ? केही पाउनुहुन्न।’

Tags :
प्रतिक्रिया दिनुहोस