उच्च अदालतको सडकपेटीमा हिँड्न रोक  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

उच्च अदालतको सडकपेटीमा हिँड्न रोक 


३० आश्विन २०७९, आइतबार


काठमाडौँ । उच्च अदालत तुलसीपुर इजलास नेपालगञ्ले सडकपेटीबाट आउजाउ गर्न रोक लगाएको छ। दक्षिणतर्फको पर्खाल ढल्न थालेपछि अदालतले सडकपेटीबाट आउजाउ गर्न रोक लगाएको निमित्त रजिस्टार नारायण ओझाले बताए।

उनले गत १८ असोज रातिबाट परेको वर्षातले पर्खालमा क्षति पुगेको बताए। जुनसुकै वेला पर्खाल ढल्न सक्ने भएकोले मानवीय क्षति हुन नदिन सडकपेटीमा हिँडडुल गर्न रोक लगाएको उनले बताए। 

उच्च अदालत छेउमै युद्ध संस्कृति माध्यमिक विद्यालय छ भने जिल्ला अदालत, भेरी अस्पताल, मालपोत तथा भूमिसुधार कार्यालय, नापी कार्यालयनजिकै भएकोले यो सडकमा सर्वसाधारणको बाक्लो हिँडडुल हुने गरेको छ। अदालतको उक्त पर्खाल चार बाहिनी चोकमा पर्दछ। 

Tags :
प्रतिक्रिया दिनुहोस