सहरी विकास मन्त्री चौधरीलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सहरी विकास मन्त्री चौधरीलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण


३० आश्विन २०७९, आइतबार


काठमाडौँ । निर्वाचन आयोगले सहरी विकास मन्त्री मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको छ । मन्त्री चौधरीले निर्वाचन क्षेत्रका बाढीपीडितलाई चामल बाँडेको घटनामा आयोगले २४ घण्टाभित्र जवाफ दिन भन्दै स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने कुनै काम गर्न नहुने उल्लेख भएको भन्दै आयोगले चामल वितरण गर्दा आचारसंहिता उल्लङ्घन भएन भन्ने पुस्ट्याइँको आधार के छ भनी सोधेको छ ।

आयोगले बाढी पीडितलाई चामल वितरण गर्न पूर्वसहमति लिएको छ कि छैन भनेर पनि सोधेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति मार्फत जनाएका छन् । सहमति बेगर चामल वितरण गरेको भए यो कार्यक्रम नेपाल सरकारको वार्षिक कार्यक्रमभित्र समावेश छ कि छैन भनेर आयोगले जिज्ञासा राखेको छ ।

विपद्को समयमा राहत वितरण गर्नैपर्ने भएमा जिल्ला प्रशासन कार्यालय मार्फत गर्न सकिने हुँदाहुँदै आफैँ किन उपस्थित भएको भनेर पनि आयोगले सोधेको छ ।

अन्तिममा आयोगले मन्त्री चौधरीलाई किन जरिवाना नगर्ने भनेर पनि सोधेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस