२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घरेलु कामदारमाथीको प्रतिबन्ध खोल्न कतारको दबाब, नेपालबाट कामदार नलैजानेसम्मको चेतावनी

अ+ अ-

काठमाडौँ । कतारले घरेलु कामदारमाथिको प्रतिबन्ध खोल्न नेपाललाई दबाब दिएको छ । आफ्नो देशमा घरेलु कामदारको अभाव चर्किएपछि कतारले नेपालबाट घरेलु कामदार लैजाने खोजेको थियो । तर, नेपालमा २०७३ सालदेखि नै घरेलु कामदार पठाउन प्रतिबन्ध छ । 

कतारले विभिन्न प्रलोभन देखाउनेदेखि लिएर कामदार रोक्नेसम्मको धम्की नेपाललाई दिएको हो । कतारमा अहिले साढे ३ लाख भन्दा बढी जना घरेलु कामदारको माग छ । त्यो माग परिपूर्ति गर्न कतारले म्यानमार, फिलिपिन्स लगायतका देशबाट कामदार लगिरहेको छ । कतारमा अन्य क्षेत्रमा कामदार पठाइरहेको नेपाललाई घरेलु क्षेत्रमा पनि कामदार पठाउन आग्रह गर्दै आएको हो । यसका लागि कतारले विभिन्न अफरदेखि धम्कीसमेत दिने गरेको छ ।

जनवरी २०२१ मा नेपाल र कतारको संयुक्त कमिटीको बैठक बसेको थियो । जसमा कतारले घरेलु कामदार पठाउन आग्रह गरेको थियो । त्यसपछिको भेटघाटको क्रममा पनि कतारले घरेलु कामदारको विषय पटक-पटक उठान गर्दै आएको थियो । 

कतारले नेपाललाई घरेलु कामदार पठाउन र त्यसका लागि जे जस्तो सर्त अघि सारेपनि मान्न तयार रहेको धारणा राख्दै आएको छ ।

कतारमा हाल साढे ४ लाख भन्दा बढी नेपाली श्रमिक कार्यरत छन् । हरेक वर्ष २० देखि ३० हजारको सङ्ख्यामा कामदार कतार गइरहेका छन् । कतारलाई नेपालीले प्रमुख श्रम गन्तव्यका रूपमा लिने गरेका छन् । 

पटक पटकको अनुरोधलाई नेपालले बेवास्ता गर्दै आएपछि कतारले घरेलु कामदारको लागि आवेदन नै आह्वान गरेको छ । कतारको आन्तरिक मन्त्रालयले एक सूचना जारी गरेर नेपालबाट महिला र पुरुषलाई आवेदन दिन आह्वान गरेको छ । यस विषयमा श्रम मन्त्रालयले खासै चासो दिएको छैन । 

प्रतिक्रिया दिनुहोस