काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज पदभार ग्रहण गरेका छन्।
चार तथा सूचना प्रविधिमन्त्री कार्कीले कानुन मन्त्रालयको समेत जिम्मेवारी लिनुभएपछि आज पदभार ग्रहण गरेका हुन्। सो अवसरमा मन्त्री कार्कीले कानुनी शासन र सुशासनलाई व्यवहारिक रूपमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।
मन्त्री कार्कीले स्वतन्त्र न्यायपालिकाप्रति आफ्नो सदैव सम्मान रहेको बताउँदै वर्तमान सरकार निष्पक्ष, शान्तिपूर्ण र विधिसंवत्रूपमा निर्वाचन सम्पन्न गर्नेतर्फ केन्द्रित रहेको बताए।
आगामी मङ्सिर ४ गतेको चुनावपछि गठन हुने सरकारले मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउने उनको विश्वास रहेको छ। मन्त्रालयका सचिव उदयराज सापकोटाले मन्त्रालयलयको गतिविधि र भावी योजनाबारे मन्त्रीसमक्ष प्रस्तुत गरेका थिए।