काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गोरखा २ का एमाले उम्मेदवार अब्दुश मियाँबीच भेटवार्ता भएको छ। एमाले अध्यक्ष ओली निवास बालकोटमा शुक्रवार छलफल भएको हो।
छलफलपछि उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखाबाट हराएरै छाड्ने दाबी गरेका छन्। प्रचण्डसँग गोरखा २ मा मियाँ प्रतिस्पर्धा गर्दैछन्।
ओलीसँगको भेटपछि उनले फेसबुकमा लेखेका छन्, ‘पछिल्लो ३ दशकदेखि नेपाली राजनीतिको अस्थिरताको प्रमुख कारक बनेका एक पात्रलाई गोरखाले यस पटक राजनीतिबाटै बि गर्दैछ। साथ दिनुहोला है।’
उनले प्रचण्डलाई नेपाली राजनीतिको अस्थिरताको प्रमुख कारकको संज्ञा दिएका छन्।