छोरी जन्मेपछि पत्नी सुत्केरी गराउन गएका पुरुषले प्रसूति गृहको भवनबाट हामफाले « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

छोरी जन्मेपछि पत्नी सुत्केरी गराउन गएका पुरुषले प्रसूति गृहको भवनबाट हामफाले


२८ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँको थापाथलीस्थित प्रसूति गृहको भवनबाट पुरुष हाम फालेका छन् । कपन बस्दै आएका ३९ वर्षका स्वयम तामाङ अस्पताल भवनको तेस्रो तलाबाट हाम फालेका हुन् ।

सुत्केरी गराउन पत्नीलाई लिएर उनी अस्पताल गएका थिए । छोरी जन्मेपछि उनी राति अस्पतालको भवनबाट हाम फालेका हुन् । तामाङलाई उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।

अस्पतालबाट हामफाल्दा उनको खुट्टामा चोट लागेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस