२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवलपरासी-१ मा विनोद चौधरी र हृदयेश त्रिपाठीविच प्रतिस्पर्धा हुँदै

अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको नवलपरासीतर्फ धेरैको ध्यान आकृष्ट भएको छ । अरबपतिको सूचीमा रहेका उद्योगपति विनोद कुमार चौधरी यसै जिल्लाको क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका छन् ।

क्षेत्र नम्बर १ मा चौधरीले नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका हुन् । चौधरीसँग जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीको मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । त्रिपाठीलाई एमालेले समर्थन जनाउँदै यस क्षेत्रमा आफ्नो उम्मेदवारी दिएको छैन । त्रिपाठी २०७४ को निर्वाचनमा एमालेको चुनाव चिह्न लिएर यसै क्षेत्रमा उम्मेदवार बनेका थिए । त्यतिबेला उनी विजयी भएका थिए ।

यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भोजराज ढकाल, नेपाल मजदुर किसान पार्टीबाट कृष्ण गोविन्द खाइजु, जनमत पार्टीबाट गुलाब प्रसाद चौधरी, मौलिक जरोकिलो पार्टीबाट गोपाल पोखरेल, नागरिक उन्मुक्ति पार्टीबाट गङ्गा राम चौधरी, नेपाल लोकतान्त्रिक पार्टीबाट धर्म चौधरी, राष्ट्रिय जनमुक्ति पार्टीबाट हफिजुल्लाह अन्सारी, बहुजन शक्ति पार्टीबाट काशीलाल चमार र राष्ट्रिय स्वतन्त्र पार्टीबाट महेन्द्र सेन (ठकुरी) उम्मेदवार छन् ।

यस क्षेत्रमा ७ जना स्वतन्त्र उम्मेदवार छन् । स्वतन्त्र उम्मेदवारी दिनेमा देवी विक, कृष्ण बहादुर कामुमगर, भक्त बहादुर काम्मु, सीता देवी पौडेल, श्रीराम आचार्य, अजय शाही र सर्जन तिवारी छन् ।

यस्तै क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनबाट नेपाली काँग्रेसमा प्रभावशाली नेता तथा पूर्व राज्यमन्त्री देवेन्द्रराज कँडेल उम्मेदवार बनेका छन् । उनको प्रतिस्पर्धीका रूपमा नेकपा एमालेले दिपेन्द्रकुमार अधिकारीलाई उम्मेदवार बनाएको छ ।

यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुव बहादुर प्रधान, नेपाल मजदुर किसान पार्टीबाट विन्दु कुमारी थारु, जनमत पार्टीबाट बाल गोविन्द चौधरी, नागरिक उन्मुक्ति पार्टीबाट चन्द्रिका देवी चौधरी, मङ्गोल नेशनल अर्गनाइजेसनबाट दिन माया गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीबाट कलावती पुन, बहुजन शक्ति पार्टीबाट जितेन्द्र गुप्ता, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मदनलाल पौडेल उम्मेदवार छन् ।

यो क्षेत्रमा स्वतन्त्रतर्फ ८ जना उम्मेदवार छन् । स्वतन्त्रतर्फ उम्मेदवारी दिनेमा मकसद धुनिया, विजय कुमार अग्रहरी, चित्र प्रसाद सुनार, धर्मेन्द्र गिरी, ज्योतिन्द्र बहादुर कुँवर, मोहम्मद रज्जाक मिया, श्याम बहादुर दर्जी र सञ्जय कुमार कानु छन् ।

प्रतिक्रिया दिनुहोस