२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फिल्म ‘नालापानी’लाई कर छुट दिन आग्रह, बोर्डले गर्‍यो अर्थ मन्त्रालयलाई पत्राचार

अ+ अ-

काठमाडौँ । ऐतिहासिक फिल्म ‘नालापानी’लाई कर छुट दिन आग्रह गर्दै चलचित्र विकास बोर्डले अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ ।

बोर्ड अध्यक्ष भुवन केसीले नेपाल–अङ्ग्रेजबिचको नालापानी युद्धबारे बनेको फिल्मलाई कर छुट दिन पहल गरेको बताए । यसबारे बुधबार सञ्चार सचिव वैकुण्ठ अर्यालसँग भेटेर पनि अध्यक्ष केसीले यस विषयमा आग्रह गरेका थिए ।

यसबारे केसीले भने, ‘नेपालको गौरव गाथा बोकेको फिल्म पनि भएकाले बोर्डले विशेष फिल्म घोषणा गरी राष्ट्रपतिबाट सम्मान प्राप्त गरिसकेको छ । सोहीअनुसार मैले कर छुटको लागि योग्य छ भनेर पत्राचार गरेको हुँ ।’

हलमा देखाइने विज्ञापन खर्चमा पनि सहजीकरण गर्न आफूले पहल गरेको उनले बताए । केसीले यस प्रकारका राष्ट्रिय गौरव बोकेका फिल्मलाई प्रवर्द्धन गर्नुपर्छ भन्ने आफ्नो उद्देश्य रहेको बताए ।

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाएर ‘नालापानी’ निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस